• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
आइतवार, बैशाख २६, २०७८ | Sunday 9th May 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सञ्चारमा क्रान्ति: नेपाल टेलिकमले सुरु गर्यो फाइभी जीको परीक्षण
भर्खरै

सञ्चारमा क्रान्ति: नेपाल टेलिकमले सुरु गर्यो फाइभी जीको परीक्षण

  • सिधा दृष्टी आइतवार, चैत्र १५, २०७७ | March 28, 2021
yoho2

काठमाडौं । नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमले पहिलोपटक फाइभजी परीक्षणको अनुमति पाउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षणको थाल्ने निर्णय गरेको हो ।

समितिले नेपालमा कुन–कुन फ्रिक्वेन्सीमा फाइभजी चलाउन अनुमति दिने भनेर निर्णय भने गरेको छैन । सञ्चार सचिव हरिप्रसाद बस्यालका अनुसार समितिले टेलिकममार्फत परीक्षण थाल्ने अनुमति दिएकाले बाँकी निर्णय दूरसञ्चार प्राधिरकणले गर्नेछ । ‘समितिले फाइभजीको परीक्षण जरुरी रहेको ठहर गरेको छ, सुरुमा टेलिकमले नै यसको अनुमति पाउनेछ,’

Real Shoes 1

उनले भने ।

प्राधिकरणले समितिसमक्ष ७ सय, ८ सय, ९ सय, १८ सय, २३ सय, २६ सय र ३३ सय, ३३ सय, ३४ सय, ३६ सय, ४७ सय र २६ गिगाहर्ज ब्यान्ड मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गर्न सिफारिस गरेको छ । हाल प्रयोगमा रहेका फ्रिक्वेन्सीमा प्रविधि तटस्थता (टेक्नोलोजी न्युट्रल)मार्फत परीक्षण गर्ने गरिनेछ ।

ती फ्रिक्वेन्सीमा प्रविधि तटस्थता गरेर फाइभजी परीक्षण गर्ने अनुमतिका लागि प्राधिकरणले राष्ट्रिय फ्रिक्वेन्सी निर्धारण समितिमा पठाएको छ । अब टेकिलमले कुन प्रयोजनका लागि फाइभजीको परीक्षण गर्छ, त्यसकै आधारमा उसले फ्रिक्वेन्सी पाउने दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

‘फाइभजी फोरजीको अपग्रेड भर्सन हैन, यो आफैंमा विशिष्ट प्रविधि हो,’ उनले भने,‘औद्योगिक क्रान्ति गर्नसक्ने विषेशषतायुक्त फाइभजीको प्रयोग सेवाप्रदायकले कस्ता भेन्डरसँग गर्छ, त्यसका आधारमा हामीले अनुमतिबारे थप निणएय लिन सक्छौं ।’

उच्च गतिको इन्टरनेट सुविधासहित यो प्रविधिको लागि उपयुक्त फ्रक्वेन्सी लगायतका पक्षमा पनि प्राधिकरणले अध्ययन गरिरहेको जनाएको छ । प्राधिकरणले विज्ञमार्फत फाइभजी प्रविधि, लगानी, सम्भावित प्रयोगको सम्भावना, प्रतिफल, ब्यापार, पूर्वाधार, नियमन लगायतका पक्षमा अध्ययन गर्दैछ । सो अध्ययनको निष्कर्ष अनुसार विश्वबजारमा फाइभजी प्रचलनमा आउनासाथ नेपाल ल्याउन सकिने वातावरण तयार गरिराख्ने लक्ष्य प्राधिकरणको छ ।

सरकारले ‘डिजिटल नेपाल’को अवधारणाअनुरुप काम गरिरहेकाले त्यसलाई साकार गर्न फाइभजी प्रविधि बरदान सावित हुन सक्ने अध्यक्ष खनालले बताए ।

नेपालमा हाल टूजी, थ्रीजी र फोरजी प्रविधि प्रयोगमा छ । फोरजीमा सेवा प्रदायकले अर्बौं लगानी गरेका छन् । त्यो लगानीलाई पनि बचाउने गरी फाइभजीसम्बन्धी नीति ल्याउने सरकारी योजना छ ।

अहिले विश्वबजारमा फाइभजी प्रविधिको विकास हुँदैछ । सो प्रविधि आएपछि प्राप्त हुने उच्च गतिको सुविधायुक्त इन्टरनेट सेवाबाट प्राप्त हुने ‘जेरो लेटेन्सी’बाट अनेकन लाभ प्राप्त गर्न सकिने विज्ञले बताउँदै आएका छन् ।

 

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी

कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर,

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषदको निर्णय

रकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ किसानले लगाएको मकैवालीमा फौजी किराको आतंक

धादिङको बेनिघाटरोराङ गाउपालिकाका किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको संक्रमण फैलिएको छ । फौजी किराले मकैको बोट नाश गरेको किसानहरुले बताएका छन् ।

गाउपालिकाको वडा नं ८ को राक्सिराङ, जिर्वाङ, यार्वाङ, साचक, गोठीभन्ज्याङ, वडा नं ९

  • ६ घन्टा अघि
हिपत खबर
भर्खरै
बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक हुने भए पनि प्रधानमन्त्री ओलीले आज आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान

  • ६ घन्टा अघि
हिपत खबर
भर्खरै
शनिबार ३३ सय बढि संक्रमित कोरोना मुक्त : ८४१८ संक्रमित थपिए

देशभर थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार देशभर १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१जना गरी कुल ८ हजार

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना महामारीमा चन्द्रागिरी नगरप्रमुख गिरीको उदाहरणीय काम

काठमाडौं । चन्द्रागिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरीले उदाहरणीय काम गरेका छन् । नगरप्रमुख गिरीले नगरपालिका भित्र उपलब्ध अक्सिजन सिलिण्डर संकलन गर्न आफैं खटिएर उदाहरण प्रस्तुत गरेका छन् । नेपाल अटो मेकानिक व्ववसायी संघको सहकार्यमा नगरप्रमुख गिरीले

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
१९ सय पर्ने अक्सिमिटर ३५ सय भन्दा बढीमा बिक्रि गर्ने प्रहरीको फन्दामा

जिल्ला प्रहरी कार्यालय पर्साले अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पर्सा वीरगन्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसएसपी

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
निषेधाज्ञा लगाउने जिल्लाको संख्या ६२ पुग्यो (सूचीसहित)

काठमाडौँ । कोरोनाको दोस्रो लहर रोक्नको लागि सरकारले ५१ जिल्लामा पूर्ण र ११ आंशिक रुपमा ६२ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म ६२ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ ।
तर, कोरोना

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
चीनमा तडकभडकयुक्त जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
तुलसीपुरमा हेलिप्याड निर्माण

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ ।

जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

१९ नम्बर

  • १0 घन्टा अघि