काठमाडौं । राजधानीको चन्द्रागिरीमा होली पर्वको अवसरमा भीडभाड नगरी होली पर्व मनाइएको छ । नेपाली काँग्रेस युवा सजगता अभियान चन्द्रागिरीका संयोजक, नेपाली तरुणदल चन्द्रागिरि नगर प्रचार प्रसार विभाग प्रमुख तथा सद्भाव नेपालका अध्यक्ष अभिषेक श्रेष्ठको आयोजनामा होली पर्व मनाइएको हो ।
सरकार र जिल्ला प्रशासन कार्यालयको आग्रह अनुसार आफूहरुले कुनै भीडभाड नगरी आफ्नो सांस्कृतिक पर्व होली मनाएको श्रेष्ठले सिधादृष्टिलाई जानकारी दिनु भयो
। स्थानीयहरुको सहभागीतामा एक आपसमा रंग लगाएर खानपिन गरी होली मनाइएको श्रेष्ठले बताए ।
कोरोना महामारीका कारण स्वास्थ्य मन्त्रालयले होली पर्वमा भिडभाड नगर्न र स्वास्थ्यको ख्याल गर्न आग्रह गरेको थियो भने काठमाडौं जिल्ला प्रशासन कार्यालयले होलीका अवसरमा आयोजित सार्वजनिक कार्यक्रम आयोजना गर्न रोक लगाएको थियो ।