बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोनाले छेक्न नसकेको धादिङको होलीको रौनक: हेर्नुहोस तस्बिरमा
भर्खरै

कोरोनाले छेक्न नसकेको धादिङको होलीको रौनक: हेर्नुहोस तस्बिरमा

  • सिधा दृष्टी आइतवार, चैत्र १५, २०७७ | March 28, 2021

बिकास रौनियार,धादिङ । आइतबार फागू पूर्णिमा अर्थात् होली। देशको हिमाली तथा पहाडी क्षेत्रमा उत्सवका साथ होली मनाइंदै छ । राजधानी संगै जोडिएको जिल्ला धादिङक विभिन्न स्थानमा सहभागी भएर हजारौं संख्यामा युवा–युवती, बृद्धवृद्धा र बालबालिकाले होली मनाएका छन् ।

धादिङमा होलीको बेलामा अघिल्ला वर्षहरुमा हुने चहलपहलको तुलनामा यसपालि केही कम चहलपहल छ। होली लेखेको सेतो टिसर्टमा युवायुवती होलीको शुभकामना साटासाट गर्दै रंग दलिरहेका

छन्। होली खेलेर रमाइरहेका देखिन्छन्।

कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली सावधानीका साथ मानाउन अनुरोध गरेको थियो। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोभिड–१९ को सङ्क्रमणको दरमा वृद्धि भएको र नेपालमा पनि प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको हो।धादिङ प्रशासनले पनि सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घर भित्रै सीमित गरी सामाजिक सांस्कृतिक मर्यादानुसार खेल्न भनेको थियो।


यस्तै, धादिङको सदरमुकाम धादिङबेशी, मौवाखोला, बेनिघाट,मलेखु,गजुरी,गल्छी,नौबिसे लगायतका क्षेत्रमा उल्लासमय रूपमा होलीपर्व मनाइएको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय