आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • घर फर्किर्दै गर्दा मेची पुलमा एक भारतीयको मृत्यु
भर्खरै

घर फर्किर्दै गर्दा मेची पुलमा एक भारतीयको मृत्यु

  • सिधा दृष्टी आइतवार, चैत्र १५, २०७७ | March 28, 2021

झापा । नेपाल भारतको सीमा नाका पर्ने भद्रपुरस्थित मेची पुलमा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्य कटिहार जिल्ला बाषोई निवासी ६८ वर्षीय फजुल हकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोडस्थित मेची आँखा अस्पतालमा स्वास्थ्य जाँच गराएर घर फर्किने क्रममा हकको शनिबार साँझ मेची पुलमा मृत्यु भएको हो ।

बुबा दमको बिरामीसँगै रक्तचापका दीर्घ रोगी भएको र सोही रोगका कारण हिँडदाहिँडदै उनको लडेर मृत्यु भएको उनका छोरा अकबर अलिले बताए ।

मृतक हकसँगै उनका छोरा अलि शुक्रबार आँखाको उपचार गराउन नेपाल आएका थिए । मृतकको साथबाट प्रहरी भारतीय आधार कार्ड र मेची आँखा अस्पतालको पुर्जा भेटिएको थियो ।
मृतक हक भारतीय नागरिक भएको प्रमाण भारतीय एसएसबीलाई देखाउँदा पनि उनको शवलाई भारत लैजान एसएसबीले अनुमति दिन मानेनन् । एसएसबीले मृत्यु भएको व्यक्तिको नाममा नेपालबाटै आधिकारिक पत्र बनाएर ल्याउनु पर्छ भन्दै शवलाई सीमा नाकामै रोकेर राखेका थिए ।

त्यसपछि उनका छोराले भद्रपुर नगरपालिका कार्यालयलाई शव लैजान भनी निवेदन दिएको र सोही निवेदनको आधारमा नगरपालिकाले सिफारिस पत्र बनाई दिएपछि मात्र एसएसबीले आइतबार बिहान शव लैजान भनी अनुमित दिएको स्थानीयले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय