काठमाडौँ । फिफा विश्वकप छनौट फुटबल अन्तर्गत युरोपियन छनौटमा नेदरल्यान्ड्सले पहिलो जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा लाट्भियालाई २-० ले पराजित गर्दै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन बेर्घुइस र लुक डी जोङले एक एक गोल गरे ।
जितसँगै समूह ‘जी’ को नेदरल्यान्ड्सले २ खेलमा ३ अंक जोडेको छ ।
नेदरल्यान्ड्स समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स टर्कीसँग पराजित भएको थियो ।