धादिङ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गजुरीमा एजेन्सी सम्पर्क कार्यालय स्थापना गरेको छ ।
धादिङको गजुरीमा सञ्चालनमा आएको कार्यालयको उद्घाटन कम्पनीका क्षेत्रीय प्रबन्ध जयराम ढुङ्गानाले उद्घाटन गरेका थिए ।
कार्यालय उद्घाटन गर्दै ढुंगानाले बीमाबारे नागरिकलाई जानकारी गराउन स्थानीय तहसम्म नै अन्तरक्रिया र जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
alt="" width="1919" height="1210" />
ज्योति लाइफ इन्स्योरेन्सले स्थापना काल देखि नै घातक रोग विरुद्ध औषधी खर्च प्रदान गर्ने नेपाल कै पहिलो कम्पनि रहेको र हाल ३५ किसिम मध्य कुनै एक प्रकार्को रोग लाग्दा ५० लाख सम्म औषधी उपचार खर्च प्रदान गर्ने क्षेत्रीय प्रबन्ध ढुङ्गानाले जानकारी दिनु भयो।
हामीले गर्ने सानो-सानो फजुल खर्च लाइ कटौति गरी बिमामा लगानी गर्न सकियो भने ठूलो रकम को आर्थिक सुरक्षा बहन गर्न सकिने ढुङ्गानाले धारणा राख्नु भयो । ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीलाई धादिङ जिल्लामै नम्बर १ बीमा कम्पनी बनाउने उदेश्य रहेको र त्यसका लागि अभिकर्ताहरुलाई कम्पनीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
हाल धादिङ जिल्लामा ज्योति लाइफका १ वटा शाखा कार्यलय र ३ वटा एजेन्सी कार्यलय रहेको छ ।
एजेन्सी कार्यलय लाइ बिस्तारि अपग्रेट गर्दै शाखामा परिणत गरिने ढुङ्गानाको भनाइ छ ।