मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • यात्रुबाहक बस र स्कुटर ठोक्किँदा एकै परिवारका तीनको मृत्यु
भर्खरै

यात्रुबाहक बस र स्कुटर ठोक्किँदा एकै परिवारका तीनको मृत्यु

  • सिधा दृष्टी शनिबार, चैत्र १४, २०७७ | March 27, 2021

चितवनमा यात्रुबाहक बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भरतपुरबाट–माडीठोरी चल्ने भित्री सडकखण्डको पकौडीमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नं को यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना.४० प ७०८२ नं को स्कुटर ठक्कर खांदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरमा सवार  भरतपुर-६ गीतानगर बस्ने ४५ वर्षीय मोहन अधिकारी र स्कुटरमै सवार  १७ वर्षीया उनको छोरी बिनिसा अधिकारी

र दाइको छोरी १७ वर्षीया दिबिसा अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते तीनै जनाको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।  बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय