बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • घाँटीमा मासु अड्किएर वडाध्यक्षको मृत्यु
भर्खरै

घाँटीमा मासु अड्किएर वडाध्यक्षको मृत्यु

  • सिधा दृष्टी शनिबार, चैत्र १४, २०७७ | March 27, 2021

कञ्चनपुरको भीमदत्त नगरपालिका-५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

घाँटीमा मासु अड्केर बेहोस भएपछि उनलाई एम्बुलेन्सबाट महाकाली अस्पताल लगिएको र उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

शव परीक्षणपछि मृत्युबारे विस्तृत जानकारी हुने र शव महाकाली अस्पतालमा

राखिएको प्रहरीले जनाएको छ ।

बताइएअनुसार वडाध्यक्षसहित आठ जना बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज मनाउन गएका थिए

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय