काठमाडौं । आइतवार होलीको अवसरमा चन्द्रागिरि नगरपालिका स्थित सतुंगलमा राखिएको होली विशेष कार्यक्रम स्थगित भएको छ । भर्सटाइल इभेन्ट म्यानेजमेन्ट प्रालीले जिल्ला प्रशासन कार्यालय काठमाडौं र स्वास्थ्य मन्त्रालयको आग्रहका कारण होली विशेष कार्यक्रम स्थगित गरेको जानकारी दिएको हो ।
होलीको अवसरमा सतुंगलमा लाईभ म्यूजिकको साथै पुल पार्टी कार्यक्रम आयोजना गरिएको थियो । होली बिशेष कार्यक्रम स्थगित गर्नु परेकोमा भर्सटाइल इभेन्ट म्यानेज्मेन्टले कार्यक्रममा सहभागी हुन चाहानेहरुसंग माफी समेत मागेको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण होली विशेष कार्यक्रम स्थगित गरिएको
आयोजक संस्थाकी अध्यक्ष रिमा कार्कीले सिधादृष्टिलाई जानकारी दिइन् ।
स्मरण रहोस् , कोरोना भाइरसको जोखिमका कारण होलीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक कार्यक्रममा रोक लगाइएको छ ।