मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पछिल्लो २४ घण्टामा थपिए ८५ जना कोरोना संक्रमित
भर्खरै

पछिल्लो २४ घण्टामा थपिए ८५ जना कोरोना संक्रमित

  • सिधा दृष्टी शनिबार, चैत्र १४, २०७७ | March 27, 2021

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ८५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ७५० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । संक्रमणमुक्त हुनेको जम्मा संख्या २ लाख ७२ हजार ४३५ पुगेको छ ।

२४ घण्टामा २ हजार ७४५ पीसीआर परीक्षण गरिएको छ । अहिले देशभर

सक्रिय संक्रमितको संख्या १ हजार २८८ रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०२७ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय