एजेन्सी । सेनाले सत्ताहातमा लिएको म्यानमारमा सेनाले गोली चलाउँदा १६ जनाले ज्यान गुमाएका छन् ।
नाविरुद्ध भएको प्रदर्शनमा आज शनिबार विहान १६ जना प्रदर्शनकारीको मृत्यु भएको हो । सडकमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई सेनाले गोली हानेको सीएनएनले जनाएको छ ।
गत फेब्रुअरी १ मा सेनाले सत्ता आफ्नो हातमा लिए यता ३०० भन्दा बढीको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ । शनिबार विहान मारिने प्रदर्शनकारीको टाउको र ढाडमा गोली हानिएको जनाइएको छ ।
थुनामा राखिएकी लोकतन्त्रवादी नेतृ आङ साङ सू चीको रिहाइ
माग गर्दै प्रदर्शनकारी सेनाविरुद्ध सडकमा छन् । सेनाविरुद्ध अहिले राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले दबाब दिइरहेका छन् ।