काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनप्रति युवा सजकता अभियान चन्द्रागिरी नगर संयोजक एवंम नेपाल तरुणदल चन्द्रागिरि नगर प्रचार प्रसार विभाग प्रमुख अभिषेक श्रेष्ठले दुख प्रकट गर्नु भएको छ ।
सद्भाव नेपालका अध्यक्ष समेत रहेका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक माफर्त पूर्वमन्त्री जोशीको निधनप्रति श्रद्धान्जली दिनु भएको हो । आमजनताका प्रिय नेता जोशीको निधनले आफूलाई मर्माहत बनाएको श्रेष्ठको भनाइ छ
।
साथै उच्च सामाजिक भावना भएका नेता जोशीको निधनले पार्टीलाई मात्रै नभएर देशका लागि ठूलो क्षति पुगेको उहांको भनाइ छ । जोशी जस्तो इमान्दार र भरोसा योग्य नेता नेपाली जनताको ढुकढुकीमा सधैं रहीहरने श्रेष्ठको धारणा छ ।जोशीलाई श्रद्धान्जली दिन श्रेष्ठ उहांकै निवास बसन्तपुर पुग्नु भएको थियो ।
। जोशीलाई श्रद्धान्जली दिन उहांको निवासमा पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेता तथा कार्यकता र जोशीका शुभचिन्तक आफ्न्तको शनिवार बिहानै देखि भीड लागेको थियो ।
एक महिना अघि मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका जोशीको शुक्रवार राति ८ बजेर २४ मिनेटमा निधन भएको थियो ।