काठमाडौं । छोटो भिडियोको प्लेटफर्म टिकटकमा अत्यधिक रुचाइएकी गुल्मेली चेली अन्जना बस्नेतले म्यूजिक भिडियोमा अभियन सुरु गरेकी छन् ।
अन्जनाले विरेन्द्र वलीको लोकगीत “यो जुनी”मार्फत अभियनको क्षेत्रका पाइला चालेकी हुन् । ईश्मा गाउँपालिका–२ सामाचौरकी अन्जनाले सानै देखि नृत्यमा रुचि राख्थिन् । आफूले अध्ययन गर्ने विद्यालयमा मात्रै नभएर अन्जनाले जिल्लास्तरीय सांस्कृतिक कार्यक्रम तथा प्रतियोगितामा आफ्नो जादुमयी नृत्यका कारण दर्शकको मन जित्दै आएकी थिइन् । नृत्य संगै पढाईमा पनि अब्बल अन्जनाले आगामी दिनमा
अभियन र पढाईलाई संगै लैजाने बताइन् ।
यो म्यूजिक भिडियोमा अन्जना र प्रशान्त परियार संगै अन्य कलाकारले अभिनय गरेका छन् । गीतमा अन्जना र प्रशान्त दुवैको अभिनय अब्बल रहेको छ । भिडियोको निर्देशन् तथा कोरियोग्राफी विरेन्द्र वलीले गरेका छन् । साथै भिडियोको छाँयाकंन भने प्रकाश खड्काले गरेका छन् । गीतमा स्वर भने प्रशान्तका साथै तुलसी घर्ती र सनिता चुलबुलीले दिएका छन् । गीतमा शब्द संगीत प्रशान्त परियारको नै रहेको छ ।
भिडियो
https://www.youtube.com/watch?v=6fAxL6lPxGg
https://www.youtube.com/watch?v=6fAxL6lPxGg