बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्वास्थ्य सावधानी अपनाएर होली खेल्न मुख्यमन्त्री राउतको आग्रह
भर्खरै

स्वास्थ्य सावधानी अपनाएर होली खेल्न मुख्यमन्त्री राउतको आग्रह

  • सिधा दृष्टी शनिबार, चैत्र १४, २०७७ | March 27, 2021

जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले एक वर्षदेखि नै विश्वलाई नै अक्रान्त बनाएको कोरोना महामारीको जोखिम पुनः बढ्दै गइरहेको हुँदा त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य सावधानी अपनाई मात्र होली पर्व मनाउन आग्रहसमेत गरेका छन् ।

हिन्दूहरुको महान् पर्व होलीको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्री राउतले सम्पूर्ण हिन्दू धर्मावलम्बीका साथै प्रदेश नं २ का जनसमुदायको सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोतर प्रगतिको मङ्गलमय शुभकामना प्रकट गरेका छन् ।

उनले जनकपुरधामको ऐतिहासिक तथा सांस्कृतिक धरोहर मिथिलामध्ये परिक्रमामा

सहभागी भएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा पनि होली पर्वको शुभकामना व्यक्त गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय