एजेन्सी। छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २ सय ५८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।
भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढी जोड कोभिड खोप दिइएको छ । तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या लगातार बढेको छ ।सरकारी अधिकारीहरुका अनुसार महाराष्ट्र, पञ्जाब र गुजरातमा सबैभन्दा धेरै संक्रमण फैलिएको छ ।
पछिल्लो २४ घण्टामा २९१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।