शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बिक्रम बोधाको रिमेकमा देखिँदै ऋतिक रोशन
भर्खरै

बिक्रम बोधाको रिमेकमा देखिँदै ऋतिक रोशन

  • सिधा दृष्टी शनिबार, चैत्र १४, २०७७ | March 27, 2021

मुम्बई,एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन बलिउडको व्यस्त अभिनेतामा पर्दछन् । यी अभिनेता हालका दिनमा आफ्नो नयाँ प्रोजेक्टको तयारीमा व्यस्त छन् ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार ऋतिक दक्षिण भारतीय हिट फिल्म ‘विक्रम वेधा’को हिन्दी रिमेकमा देखिँदैछन् । फिल्ममा उनी ‘वेधा’ अर्थात एक ग्याङस्टारको भूमिकामा अभिनय गर्दैछन् ।

फिल्ममा पुष्कर र गायत्रीको निर्देशन रहनेछ । आफ्नो भूमिकाका लागि ऋतिकले शारीरिक हाउभाउदेखि लिएर डिक्सन र फिल्ममा देखिने उनको लुक्सको तयारी थालेका छन् ।

फिल्ममा काम गर्न पाउदा ऋतिक उत्साहित छन् । फिल्मको

प्री–प्रोडक्सनको काम सुरु भइसकेको छ । यसको छायांकन गर्मी मौसममा सुरु हुनेछ ।

फिल्ममा ‘विक्रम’ अर्थात एक प्रहरी अधिकृतको भूमिकामा अभिनेता सैफ अली खान देखिनेछन् । फिल्ममा ऋतिक र सैफको द्वन्द्वलाई हेर्न दर्शक व्यग्र प्रतिक्षामा छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय