काठमाडौँ । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साँझ ५ः३० बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल फाइनल पुग्ने लक्ष्यमा हुनेछ । जसका लागि नेपाल कम्तीमा बराबरी बनाउन पर्नेछ ।
बंगलादेश भने यस अघि नै फाइनल पुगिसकेको छ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको यू–२३ टिमलाई १–० ले हराएको थियो । नेपालले भने किर्गिस्तानविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।
प्रतियोगितामा बंगलादेशले १ खेलमा ३ अंक जोडेको छ ।
नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ ।
किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । नेपाल बंगलादेशसँग दुई भन्दा बढी गोल अन्तरले पराजित भएको खण्डमा किर्गिस्तान फाइनल पुग्नेछ ।