सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काँग्रेस नेता जोशीको पार्थिव शरीरलाई निवास पुराइयो
भर्खरै

काँग्रेस नेता जोशीको पार्थिव शरीरलाई निवास पुराइयो

  • सिधा दृष्टी शनिबार, चैत्र १४, २०७७ | March 27, 2021

काठमाडौं । मष्तिस्कघातका कारण निधन भएका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको पार्थिव शरीरलाई नर्भिक अस्पतालबाट बसन्तपुर स्थित यट्खा निवास पुराइएको छ ।

जोशीको सवलाई मध्यान्ह १२ बजे सम्म निवासमा श्रद्धान्जलीका लागि राखिने र त्यसपछि सानेपा स्थित पार्टी कार्यालयमा दिउँसो २ बजे सम्म श्रद्धान्जलीका लागि राखिने जानकारी दिइएको छ । जोशीलाई श्रद्धान्जली दिनका लागि काँग्रेसका नेता, कार्यकता र उहांका शुभचिन्तक तथा आफ्न्तहरु बिहानै देखि यत्खा निवास पुगेका छन् । एक महिना देखि नर्भिक अस्पतालमा उपचाररत जोशीले शुक्रवार बेलुका ८ः

२४ मा प्राण त्यागेका थिए । कांग्रेसमा जुझारु नेताको छवि बनाएका जोशी कसैलाई नचिढाउने, शान्त र भद्र स्वभावका थिए । राजधानीमा लोकप्रिय नेतामध्येमा पर्ने जोशीले तीनवटा संसदीय निर्वाचनमा भाग लिएकामा दुई पटक जित र एक पटक हार व्यहोरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय