बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
भर्खरै

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

  • सिधा दृष्टी शनिबार, चैत्र १४, २०७७ | March 27, 2021

नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।

नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो । स्व. जोशीको पार्थिव शरीरलाई मध्याह्न १२ः०० बजेदेखि २ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयले जनाएको छ ।

गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक

अस्पताललाई भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाडौंमा जन्मनुभएका नेता जोशी २०७० मा काठमाडौं क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।


फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय