शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाली काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
भर्खरै

नेपाली काँग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

  • सिधा दृष्टी शनिबार, चैत्र १४, २०७७ | March 27, 2021
file Photo

काठमाडौँ । नेपाली कांग्रेसको आज केन्द्रीय समितिको ‘आकस्मिक’ बैठक बस्दै छ। कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले आज बिहान साढे ९ बजेका लागि बैठक बोलाएको हो ।

बैठकले नेता जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। मष्तिष्कघात भए काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार राति निधन भएको हो ।

नेता जोशीको निधनमा दुःख व्यक्त गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, प्रवक्ता शर्मा, कांग्रेसका नेता तथा कार्यकर्ता, अन्य दलका नेता तथा कार्यकर्ताले मुलुकले

एउटा कुशल नेता गुमाएको बताएका छन् ।उनीहरुले नेता जोशीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । जोशीलाई गत फागुन १४ गते अस्पतालमा भर्ना गरिएको थियो।

श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर बिहान १० बजेदेखि १ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने छ । उनको आजै अन्त्येष्टि गरिनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय