मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौं उपत्यकाको घातक तुवालो हटन केही दिन लाग्ने
भर्खरै

काठमाडौं उपत्यकाको घातक तुवालो हटन केही दिन लाग्ने

  • सिधा दृष्टी शनिबार, चैत्र १४, २०७७ | March 27, 2021

काठमाडौँ । पछिल्ला केही दिन यता देशका धेरै जिल्लाहरुमा लागेको डढेलोका कारण काठमाडौं उपत्यकामा प्रदुषित तुवालोले ढाकेको छ । ढलेका कारण फैलिएको प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौँ उपत्यकामा बाक्लो तुवालो लागेको बताइएको छ ।

जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ ।

स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम

रहेको महाशाखाको भनाइ छ ।

यसबाट हुने प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन हुन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय