एएफपी । शुक्रवार भएको रेल दुर्घटनामा परी इजिप्टमा ३२ जनाको ज्यान गएको छ । दुई रेल ठोक्किएर भएको दुर्घटनामा १०० भन्दा बढी जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयलाई उद्धत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जादै गरेको रेल एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटना लगत्तै उद्धारका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । यो दुर्घटनालाई इजिप्टमा भएका घातक रेल दुर्घटना मध्ये एक मानिएको छ
।
दुर्घटनास्थल राजधानी कायरोबाट ४६० किलोमिटर टाढा दक्षिणमा पर्ने बताइएको छ । दुर्घटना स्थल देशको दक्षिणमा पर्ने सोहाग प्रदेश रहेको छ । यो दुर्घटनाले देशलाई ठूलो क्षति पुगेको त्यहांको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
इजिप्टमा यस अघि पनि यस्ता घातक रेल दुर्घटना हुँदै आएका छन् । सन् २००२ मा राजधानी कायरो नजिकै भएको दुर्घटनामा ३७३ जनाको ज्यान गएको गएको थियो ।