शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मुनालका विद्यार्थीहरुलाई मतदान गर्न भ्याइ नभ्याइ
भर्खरै

मुनालका विद्यार्थीहरुलाई मतदान गर्न भ्याइ नभ्याइ

  • सिधा दृष्टी शुक्रबार, चैत्र १३, २०७७ | March 26, 2021

धादिङ । देशमा यतिबेला आम निर्वाचन भैरहेको छैन । आम निर्वाचनको समय आउन अझै दुई वर्ष बांकी छ तर मंगलवार धादिङको गजुरी स्थित मुनाल एकेडमीका विद्यार्थीहरुलाई मतदान गर्न भ्याइ नभ्याइ थियो ।

मतदानमा सहभागी विद्यार्थीहरुले लाइनमा बसेर मतदान प्रक्रियामा सहभागी थिए । विद्यालयमा भएको मतदान कार्यक्रममा महिला र पुरुषका लागि छुट्टा छुट्टै लाइनको व्यवस्था मिलाइएको थियो ।

आ(आफ्नो लाइनमा बसेर विद्यार्थीहरुले

मतादन गरे । रोचक कुरा त मतदानमा सहभागीहरु विद्यार्थी त थिए नै निर्वाचनमा उठ्ने उम्मेदवारहरु पनि विद्यार्थीहरुबाटै थिए । त्यस्तै निर्वाचन अधिकृत देखि मतदान प्रयवेक्षक सम्म पनि सोही विद्यालयका विद्यार्थीहरु थिए । मुनालका विद्यार्थीहरुले मत दिएको कुनै बास्तविक निर्वाचनमा भने होइन ।

सामाजिक शिक्षा बिषयको प्रयोगात्मक अभ्यासका क्र्ममा मतदान कार्यक्रम गरिएको हो ।निर्वाचन अभ्यासमा उम्मेदवार बनेका विद्यार्थीहरुले आफ्नो चुनावी घोषणा पत्र समेत तयार पारेका थिए । उम्मेदवारहरुले तयार पारेको घोषणा पत्रका आधारमा विद्यार्थीहरुले मतदान गरेका हुन् ।

विद्यालयमा गरिएको अभ्यासले भविष्यमा हुने निर्वाचनमा सहभागी हुँदा सही तरिकाले मतदान गर्न मात्रै नभएर सही उम्मेदारलाई मत दिनु पर्ने रहेछ भन्ने ज्ञान हासिल भएको विद्यार्थीहरुको भनाई छ। अहिले पनि धेरै नेपालीहरुलाई सहीतरिकाले मतदान गर्न आउँदैन् , सहीतरिकाले मतदान नगर्दा मतपत्र बदर हुने जोखिम हुन्छ ।

विद्यालय तहबाटै विद्यार्थीहरुलाई सहीतरिकाले मतदान गर्न सिकाउन सकेमा सहीतरिकाले मतदान गर्न जान्ने मात्रै नभएर सही उम्मेदार समेत निर्वाचित हुने परिपार्टीको बिकास हुन सक्छ । निर्वाचनमा राम्रो उम्मेदवारलाई होइन हाम्रो उम्मेदवार बिजयी बनाउनु पर्छ भन्ने गलत सोचका कारण आज हाम्रो देशले सही नेतृत्व पाउन सकेको छैन भने देश विकासले फड्को मार्न सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय