कांग्रेस सभापति शेरबहादुर देवाउले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीलाई क्षति पुगेको बताएका छन् । जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको पनि बताएका छन् ।
जोशीको निधनमा दुःख व्यक्त गर्दै सभापति देउवाले लेखेका छन्, 'नेपाली कांग्रेसका नेता, कुशल संगठक एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।'
नेता जाेशीकाे शुक्रबार बेलुका नर्भिक
अस्पतालमा उपचारका क्रममा निधन भएकाे हो । मष्तिष्कघात भएपछि गत १४ फागुनदेखि नर्भिक अस्पतालकाे भेन्टिलेटरमा उपचाररत थिए । उनको निधनको खबरसँगै नर्भिक अस्पतालमा नेता कार्यकर्ताको भीड लागेको छ ।