बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • २८ फागुनको निर्णयबाट ब्याक हुन सकिँदैन : प्रधानमन्त्री ओली
भर्खरै

२८ फागुनको निर्णयबाट ब्याक हुन सकिँदैन : प्रधानमन्त्री ओली

  • सिधा दृष्टी शुक्रबार, चैत्र १३, २०७७ | March 26, 2021
फाइल तस्वीर

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयबाट पछि हट्न नसकिने दोहोर्‍याएका छन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले २८ फागुनको  केन्द्रीय कमिटी, चैत ५ र ७ को संसदीय दलको बैठकले गरेका निर्णयबाट पछि हट्न नसकिने बताएका हुन् ।

‘२८ फागुनको केन्द्रीय कमिटी बैठक, ५ र ७ चैतमा बसेको संसदीय दलले गरेका निर्णयबाट ब्याक हुन सकिँदैन,’ उनले भने, ‘विधिसम्मत भएका निर्णयबाट कुनै पनि

हालतमा ब्याक हुन मिल्दैन । संसदीय दलको विधान पनि केन्द्रीय कमिटी बैठकले अनुमोदन गरिसकेको छ । त्यसैले आवश्यक परे पछि संशोधन गर्न सकिन्छ । अहिले नै संशोधन गरेर अघि बढ्न सकिँदैन ।’

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदसमेत सहभागी भएको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीले गरेका निर्णयबाट पछि नहटेर नयाँ ढंगले अघि बढ्नु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले आफूले गुटगत र समूहगत तरिकाले कसैसँग छलफल नगर्ने पनि बताए । ‘समूहगत र गुटगत तरिकाले डिलिङ हुँदैन । नेकपामा कुनै गुट र समूह छैन,’ उनले भने, ‘पार्टीप्रतिका व्यक्तिका गुनासा छन् भने सुन्न सकिन्छ । समूहगत हिसावले छलफल गर्दिनँ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय