शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्याङ्जाको जंगलमा लागेकाे डढेलाे बस्तीमा पुग्यो
भर्खरै

स्याङ्जाको जंगलमा लागेकाे डढेलाे बस्तीमा पुग्यो

  • सिधा दृष्टी शुक्रबार, चैत्र १३, २०७७ | March 26, 2021

स्याङ्जामा पाखो जंगलमा लागेकाे डढेलाे मानव बस्तीमा पुगेकाे छ । आगोमा केही घर, गोठ जलेका छन् । गल्याङ नगरपालिका- ७ दारेगौँडास्थित लसुने खोलाको पाखो जंगलबाट लागेको डढेलाे बस्तीसम्म फैलिएकाे हाे । आज दिउँसो साढे १ बजे एक्कासि आगो बस्तीमा पुगेको स्थानीयबासीले बताएका छन् ।

आगालागीले स्थानीय ७० वर्षीया भागीराथी पाण्डेको खरले छाएको, माटो र ढुंगाले बनेको दुई तले घर, अनि छेउकै गोठमा क्षति पुगेको छ । भागीराथीका सात र अर्का स्थानीयकोसहित गरी १५ वटा बाख्रा मरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटना थाहा पाएपछि वडाध्यक्ष रामबहादुर गुरुङ

घटनास्थलतर्फ लागेका छन् । ‘आगलागी भएको जानकारी पाएपछि अहिले जाँदै छु । घरगोठ जलेको र पशुवस्तु मरेको जानकारी आएको छ’, उनले भने ।

स्थानीय ७१ वर्षका चन्द्रप्रसाद पाण्डेको खरले छाएको घर र गोठमा पनि क्षति पुगेकाे कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिए ।

घटनामा मानवीय क्षति भएको छैन । घर र गोठमा लागेको आगो नियन्त्रणमा आए पनि पाखोको आगो निभाउन प्रयास भइरहेको एसपी सिलवालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय