मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • होलीको दिन उपत्यकामा १३ सय ५७ ट्राफिक प्रहरी, ५० ठाउँमा चेकिङ
भर्खरै

होलीको दिन उपत्यकामा १३ सय ५७ ट्राफिक प्रहरी, ५० ठाउँमा चेकिङ

  • सिधा दृष्टी शुक्रबार, चैत्र १३, २०७७ | March 26, 2021

हाेलीको दिन उपत्यकामा ट्राफिक व्यवस्था कडा पारिने भएको छ । हाेलीको लागि काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १३ सय ५७ प्रहरी खटाइने जनाएकाे छ । त्यस्तै ५० स्थानमा चेकिङ गरिने महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

‘ट्राफिकको मात्रै १३ सय ५७ जना प्रहरी परिचालन हुन्छन् । शान्ति सुरक्षा कायम गर्न जनपथ प्रहरी पनि त्यहीअनुसार परिचालन गरिने छ’, उनले भने ।

त्यो दिन विशेषतः मापसे, हेलमेट, ओभर स्पिड, मोटरसाइकलमा ३ जना चढेकोलगायतमा विशेष ध्यान दिइने अधिकारीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय