मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • आन्तरिक राजस्व कार्यालय डडेल्धुराद्वारा आठ महिना अवधिमा २० करोड बढी राजश्व संकलन
Uncategorized

आन्तरिक राजस्व कार्यालय डडेल्धुराद्वारा आठ महिना अवधिमा २० करोड बढी राजश्व संकलन

  • सिधा दृष्टी शुक्रबार, चैत्र १३, २०७७ | March 26, 2021

आन्तरिक राजश्व कार्यालय डडेल्धुराले चालु आर्थिक वर्षको आठ महिना अवधिमा २० करोड बढी राजश्व संकलन गरेको छ ।

डडेल्धुरासहित सुदूरपश्चिम प्रदेश अन्तर्गतका बैतडी, दार्चुला, बझाङ्ग, डोटी, अछाम र बाजुरा जिल्ला पनि कार्य क्षेत्र रहेको आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्त सम्म २० करोड बढी राजश्व संकलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालय डडेल्धुराले चालु आर्थिक वर्षको साउन महिनादेखि फागुन मसान्तसम्म २० करोड बढी राजश्व संकलन गरेको हो । चालु आर्थिक वर्षको आठ महिनामा २० करोड ८४

लाख ८० हजार रुपैयाँ संकलन भएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ ।

संकलन भएको राजस्व अन्र्तगत मूल्य अभिबृद्धि करबाट ११ करोड ९५ लाख ४५ हजार, आयकर तर्फ ७ करोड ४० लाख १२ हजार, अन्तशुल्कबाट १ करोड २ लाख ५० हजार र अन्य वाट ४ लाख ६७ हजार ३ सय गरि जम्मा २० करोड ८४ लाख ८० हजार रुपैयाँ संकलन भएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराका कर अधिकृत तिलकराज बोगटीले जानकारी दिए । जुन लक्ष्यको ९४.९८ प्रतिशत हो । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षमा ३८.४६ करोड राजस्व संकलनको लक्ष्य लिएको उनले बताए ।

वार्षिक राजश्व संकलन करिब ३८ करोड लक्ष्य लिएको कार्यालयले व्यक्तिगत वा एकलौटी फर्म, आयकर, पूँजिगत लाभकर, प्रालि दर्ता तथा ब्याज लाभांश, बहाल र आकस्मिक कर, पारीश्रमिकमा आधारित सामाजिक सुरक्षा कर, बस्तु बिक्रि तथा बितरण, परामर्श र ठेक्का, संचार बीमा हवाई तथा पर्यटन सेवा, मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्रीवितरण र औद्योगिक उत्पादन, सरकारी प्रतिष्ठान तथा व्यक्तिगत पान दर्ता गरिएका फर्महरुबाट २०७७ श्रावण महिना देखि फागुन मसान्त सम्म संकलन भएको हो ।

डडेल्धुरामा आन्तरिक राजश्व कार्यालय खुलेपछि सुदूरपश्चिम प्रदेशको ७ वटै पहाडी जिल्लाका करदातालाई कैलाली र कञ्चनपुर पुग्नु पर्ने बाध्यता हटेको मात्र छैन सबै सेवाहरु इन्टरनेट सर्भरबाट दिन थालेपछि छिटोछरितो र चाप नहुने भएकोले समयमै काम हुने हुँदा सेवाग्रही खुशी पनि भएका छन् । कार्यालयले बायोमेट्रिक प्रणालीबाट पनि सेवा दिइरहेको छ । पहाडी सबै जिल्लामा कर शिक्षासम्बन्धी कार्यक्रम पनि गरिएको र कोरोनाका कारण कर छुट पनि गरिएको कार्यालयका कर अधिकृत तिलकराज बोगटीले बताए ।

कर कार्यालयमा आउने सेवाग्राहीका लागि कार्यालय अगाडी खुलेका आधा दर्जन बढि अनलाईन सर्भिस फर्महरुले सेवाग्राहीलाई सहजीकरण र आवश्यक सेवासुविधा पनि प्रदान गरेका छन् । पछिल्लो समय करदाताहरूमा चेतनाको विकास हुँदै गइरहेकाले राजस्व संकलन हुन थालेको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ ।

यस कार्यालयअन्तर्गतका सेवा कार्यालय डोटीको दिपायलमा र अछाम र बाजुराका लागी साँफेबगरमा सेवा कार्यालयको रुपमा स्थापना भइ सेवा दिइरहेको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ ।


फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय