आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमाले संसदीय दलको बैठकमा सहभागी हुने नेपाल पक्षको निर्णय
भर्खरै

एमाले संसदीय दलको बैठकमा सहभागी हुने नेपाल पक्षको निर्णय

  • सिधा दृष्टी शुक्रबार, चैत्र १३, २०७७ | March 26, 2021

काठमाडौँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समूह सहभागी हुने भएको छ ।

अध्यक्ष ओलीले आज अपराह्न ३ बजेका लागि बोलाएको दलको बैठकमा नेपाल समूहका नेता जाने भएका हुन् ।

संसदीय दलको बैठकमा जाने कि नजाने भनेर छलफल गर्न आजै बोलाएको नेपाल समूहको केन्द्रीय कमिटी बैठकले दलको बैठकमा जाने निर्णय गरेको हो ।

नेपाल समूहका नेताहरूको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने निर्णय

गरेको बैठकपछि नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । दलको बैठकमा सबै नेताहरू जाने उनले बताए ।यसअघि, ओलीले बोलाएको बैठकमा सहभागी नहुने नेपाल समूहले बताउँदै आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय