मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सरकारसंग भएको सहमतिपछि पहिलो पटक चन्द समूहका नेता पक्राउ
भर्खरै

सरकारसंग भएको सहमतिपछि पहिलो पटक चन्द समूहका नेता पक्राउ

  • सिधा दृष्टी शुक्रबार, चैत्र १३, २०७७ | March 26, 2021

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । चन्द नेकपाका मेची-कोसी ब्यूरो इन्चार्ज प्रकाशकाअनुसार जिल्लाको फुङलिङ बजारमा हिँडिरहेको लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । यता प्रहरीले भने प्रतिबन्धकै अवस्थामा हातहतियारसम्बन्धी मुद्दा रहेकोले पक्राउ गरिएको जनाएको छ ।

सरकार र चन्दबीच भएको तीन बुँदे सहमतिपछि आफ्ना नेता-गिरफ्तार हुनुले सहमतिप्रति सरकारको इमान्दारितामाथि प्रश्न उठेको प्रकाशद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सहमतिअनुसार हिरासतमा रहेका नेता कार्यकर्ता समेत छुट्न नसकेको अवस्थामा पुनः पार्टीका नेता

गिरफ्तार हुनुले सरकारको नियमप्रति शंका गर्ने अवस्था पैदा भएको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय