बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले लिए सपथ
भर्खरै

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले लिए सपथ

  • सिधा दृष्टी शुक्रबार, चैत्र १३, २०७७ | March 26, 2021

काठमाडौँ । प्रदेश १ का नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ खाएका छन् ।

प्रदेश प्रमुख सोमनाथ प्यासीले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।

सामाजिक विकासमन्त्री उषाकला राई,आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना र भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गर्दै भौतिक

पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्री बनाएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएका आङ्बुहाङले एमाले छोडेर एमालेमा आएका माओवादी केन्द्रका सांसद हुन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा पनि उनले मुख्यमन्त्रीलाई साथ दिएका थिए । यस्तै, उषाकला एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट संस्थापन पक्षमा आएकी हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय