बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमाले संसदीय दलको बैठक बस्दै, नेपाल–खनाल पक्षले बहिस्कार गर्ने
भर्खरै

एमाले संसदीय दलको बैठक बस्दै, नेपाल–खनाल पक्षले बहिस्कार गर्ने

  • सिधा दृष्टी शुक्रबार, चैत्र १३, २०७७ | March 26, 2021

काठमाडौं ।नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बोलाइएको ओली पक्षका नेताहरुले जानकारी दिएका छन् ।

आजको संसदीय दलको बैठकमा नेपाल – खनाल पक्ष अनुपस्थित रहने बताइएको छ । नेपाल– खनाल पक्षले छुट्टै छलफल बोलाएको छ । यस अघि चैत पाँचमा ओलीको अध्यक्षतामा एमालेको संसदीय दलको बैठक बसेको थियो ।

उक्त बैठकले एमाले संसदीय बोर्ड गठन गरेको थियो भने बोर्ड माधवकुमार नेपाल र झलनाथ खनालको समेत नाम समेटिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय