शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पछिल्लो चौविस घण्टामा भारतमा वर्षकै धेरै कोरोना संक्रमित थपिए
भर्खरै

पछिल्लो चौविस घण्टामा भारतमा वर्षकै धेरै कोरोना संक्रमित थपिए

  • सिधा दृष्टी शुक्रबार, चैत्र १३, २०७७ | March 26, 2021
Coronavirus on scientific background

एजेन्सी । छिमेकी देश पछिल्लो चौविस घण्टामा यस बर्षकै धेरै कोरोना संक्रमित पुष्टि भएका छन् । कोरोना भाइरसको संक्रमणको संख्यामा दैनिक नयाँ रेकर्ड कायम गर्दै गएको भारतमा पछिल्लो चौविस घण्टामा मात्रै ५९ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि बिहीबार यो वर्षकै दोस्रो धेरै ५३ हजार ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १२ लाख

६२ हजार ५०३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप २५७ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय