धादिङ । ट्राफिक प्रहरी को मुख्य काम सवारी आवागमन सहज बनाउनु हो । तर धादिङको गजुरी स्थित पृथ्वीराजमार्गमा दिनहूँ खटिने ट्राफिक प्रहरीको काँधमा आजभोली थप जिम्मेवारी थपिएको छ । त्यो हो बालबालिका, वृद्धवृद्धा र विषेश शारिरिक क्षमता भएका व्यक्तिहरुलाई बाटो काटन मद्दत गर्नु ।
दृष्टिविहीन नारायण सिंग्देल र बालिकालाई पृथ्वीराजमार्गमा बाटो कटाउँदै गरेको अवस्थामा भेटिए ट्राफिक ट्राफिक प्रहरी कार्यालय गजुरीमा कार्यरत हबल्दार सुधिर गिरी । पृथ्वीराजमार्गमा चल्ने सवारी साधनको चेकिङ र सवारी
आवागमन सहज बनाउन खटिने गिरी हरेक दिन बिहान र बेलुकाको समयमा काम यसै गरी पैदल यात्रुलाई बाटो काटन मद्दत गर्न खटिदै आएका छन् ।
गिरीले जस्तै पैदल यात्रुलाई बाटो काटन सहयोग गर्दै गरेको अवस्थामा भेटिए इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी हब्लदार उमेश पण्डित । शान्ति सुरक्षा र अमनचयनका लागि खटिने पडिण्त आज भोली यसै गरी हरेक दिन पैदल यात्रुलाई बाटो काटन सहयोग गर्दै आएका छन् ।
विशेष गरी बालबालिका, वृद्धवृद्धा र विशेष शारिरिक क्षमता भएका व्यक्तिहरुलाई ट्राफिक प्रहरी र प्रहरी मिलेर बाटो काटन मद्द गर्दै आएका छन् । राजमार्गमा तीव्रगतिमा चल्ने सवारी साधनका कारण बटुवालाई बाटो काटन असहज हुने गरेको छ । अझ राजमार्ग छेउछाउका बजार क्षेत्रका विद्यार्थी, बालबालिका र वृद्धवृद्धालाई बाटो काटन थप असहज हुने गरेको छ । कतिपय अवस्थामा बाटो काटने क्रम्मा दुर्घटना हुने गरेको छ । गजुरी स्थित प्रहरी संगको सहकार्यमा ट्राफिक प्रहरीले गरेको यो कार्यले यहांका स्थानीय बढी लाभान्वित भएका छन् ।
ट्राफिक प्रहरीले सुरु गरेको अभियानमा स्थानीयले पनि साथ दिने हो र ट्राफिक नियमको पालना गर्ने हो भने संभावित दुर्घटनाबाट बच्न सकिने स्थानीय शिक्षक रोशन न्यौपानेको भनाइ छ ।
पैदल यात्रुलाई बाटो काटन मद्दत गर्ने गजुरी स्थित ट्राफिक प्रहरीको काम तारिफ योग्य छ , गजुरीमा कार्यतर प्रहरीले जस्तै अन्य स्थानका प्रहरीले उदारहणीय काम गर्न सके प्रहरी मेरो साथी नाराले सार्थकता पाउन सक्थ्यो कि ।