शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • टिकापुर घटनाको समाधान राजनीतिक तवरले हुन्छ – गृहमन्त्री थापा
भर्खरै

टिकापुर घटनाको समाधान राजनीतिक तवरले हुन्छ – गृहमन्त्री थापा

  • सिधा दृष्टी बिहिबार, चैत्र १२, २०७७ | March 25, 2021

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले कैलालीको टिकापुर घटनाको समाधान राजनीतिक तवरले हल गरिने आश्वासन दिएका छन् ।

निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्ने लगायतका माग राख्दै काठमाडौँको माइतीघरमा धर्नामा बसेका थारु अगुवालाई भेट्‍न पुगेका गृहमन्त्री थापाले कैलालीको टिकापुर घटनाको समाधान निकाल्न सरकार सकारात्मक भएको बताएका हुन् ।

गृहमन्त्री थापाले सरकारले छिटै वार्ता टोली गठन गर्ने भन्दै छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गरे । उनले सबै समस्याको हल छलफल र वार्ताबाटै छिटो गरिने जानकारी दिए ।टिकापुर घटनामा मृत्यु

भएकालाई शहीद घोषणा गर्नुपर्ने, न्यायिक छानविन हुनुपर्ने, पिछडा वर्गलाई उचित आरक्षणको व्यवस्था हुनुपर्ने आफूहरूको माग रहेको र सरकारले वार्ता गर्ने आश्वासन दिएको थारु नेतृ रुक्मणी चौधरीले जानकारी दिइन् ।

थारु कल्याणकारिणी सभा लगायतले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आइतबारदेखि धर्ना दिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय