काठमाडौं । दोस्रो चन्द्रागिरि फुटसल प्रतियोगिता हुने भएको छ । खेलकुदका माध्यमबाट आपसीभाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ दोस्रो चन्द्रागिरि फुटसल कप २०७७ प्रतियोगिता लागेको हो ।
चन्द्रागिरि नगरपालिका स्थित चन्द्रागिरि फुटसल एरिनामा आयोजना हुने उक्त खेल यही चैत्र १९ र २० गते हुनेछ ।
फुटसलका सन्चालक विरेन श्रेष्ठका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ५० हजार पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद २५ हजार र उत्कृष्ट टिमलाई ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि
व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने छ ।
प्रतियोगिताका लागि दर्ता हुन आउने क्रम जारी रहेको सन्चालक श्रेष्ठले बताए ।