शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गाडिएको अवस्थामा फेला पऱ्यो झा दम्पतीको शव
भर्खरै

गाडिएको अवस्थामा फेला पऱ्यो झा दम्पतीको शव

  • सिधा दृष्टी बिहिबार, चैत्र १२, २०७७ | March 25, 2021

महिना दिनअघि सुतिरहेको खाटसहित बेपत्ता पारिएका महोत्तरी पिपरा गाउँपालिकाका झा दम्पतीको शव जमिनमा गाडिएको अवस्थामा फेला परेको छ । गत फागुन १० गते राति बेपत्ता भएका मुसाफिर झा र उनकी पत्नी गीता देवी झाको शव पिपरा–२ स्थित बाटोछेउमा गाडिएको अवस्थामा फेला परेको हो ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार घरभन्दा झण्डै साढे ३ किलोमिटर टाढाको दूरीमा ठूलो खाल्डो खनी शव पुरिएको अवस्थामा फेला परेको हो ।

बताइएअनुसार होलीका लागि घर पोत्न माटो लिन गएका

स्थानीयवासीले माटोले पुरेको अवस्थामा बोराभित्र मानव कंकाल फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले माटो पन्छाएर खोजतलास गर्दा दुई वटा बोरामा प्याक गरिएका शव फेलापरेको थियो ।

दुवै शवको हड्डी मात्र बाँकी रहेकाले पहिचानमा कठिनाइ भए पनि खाल्डो खनेर निकालिएको शवको दम्पतीको छोरा बुहारीले सनाखत गरेका छन् । गीतादेवीले लगाएको कपडा, पोते र चुराले उनको पहिचान भएको छ भने मुसाफिरले लगाएको टिसर्टले उनको पहिचान भएको प्रहरीले जनाएको छ ।

झा दम्पतीको अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले केही दिनअघि नै चार जनालाई पक्राउ गरेको छ । पिपरा गाउँपालिका-५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव र पिपरा-६ बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका छन् । झाको परिवारले उनीहरुविरुद्ध अपहरण गरी शरीर बन्धकसम्बन्धी मुद्दामा चैत ५ गते किटानी जाहेरी दिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय