आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भागरथी हत्या प्रकरणका अभियुक्तको डिएनए ‘म्याच’
भर्खरै

भागरथी हत्या प्रकरणका अभियुक्तको डिएनए ‘म्याच’

  • सिधा दृष्टी बिहिबार, चैत्र १२, २०७७ | March 25, 2021

बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए ‘म्याच’ भएको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाब मिलेको जनाइएको छ ।

दिनेशलाई पुर्पक्षका लागि बाल सुधारगृह डोटीमा राखिएको छ । यसअघि दिनेशले सुधारगृहमै रहेका बेला आफ्ना बुबालाई आफूले बलात्कार र हत्या नगरेको जनाएका थिए । उनले गाउँपालिकाकै एक कर्मचारीको नामसमेत किटान गरी तिनले आफूलाई धम्क्याएर अपराध स्वीकार्न लगाएको बताएका थिए । भागरथीसँग

दिनेशको डिएन म्याच भएपछि दिनेश नै उक्त घटनामा संलग्न रहेको प्रमाण बलियो भएको थियो ।

दिनेशले पुर्पक्षका लागि सुधारगृह नपठाउँदासम्म आफूले नै बलात्कार हत्या गरेको बयान दिएका थिए ।

यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो । गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा भोलिपल्ट स्थानीय लवलेक जङ्गलमा वीभत्स र निर्वस्त्र रुपमा शव फेला परेको थियो ।

त्यसपछि प्रहरीले फागुन ५ गते दिनेशलाई सार्वजनिक गरेको थियो । पछि प्रहरीले दिनेशलाई २० दिन हिरासतमा राखेर थप अनुसन्धान गरेको थियो ।

जिल्ला अदालतले फागुन २५ गते दिनेशलाई पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको थियो । सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश र कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन् । नाताले दुवै दिदीभाइ पर्छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय