शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अमेरिकामा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो
भर्खरै

अमेरिकामा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

  • सिधा दृष्टी बिहिबार, चैत्र १२, २०७७ | March 25, 2021

अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले जनाएअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना पुगेको हो ।

अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरसका संक्रमित निकै बढेका बताइएको छ । अमेरिकी समाचार संस्था सीएनएनकाअनुसार पछिल्लो एक सातामा अमेरिकामा कोरोना भाइरसका संक्रमित निकै तीब्र गतिमा बढेका हुन् । गत सोमबारसम्म अमेरिकामा पाँच लाखभन्दा बढी मानिसको ज्यान कोभिड-१९ को कारण गएको थियो ।

मृतकको संख्या पनि पछिल्ला केही समयमा

तिब्र गतिमा बढेको बताइएको छ । अहिले अमेरिकमा मृतकको संख्या पाँच लाख ४५ हजार ५३ जना पुगेको बताइएको छ । अमेरिकामा पछिल्लो समयमा कोभिडको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको बताइएको छ । अमेरिकी राज्यहरुमध्ये सबैभन्दा धेरै प्रभावित यहाँको क्यालिफोर्निया राज्यमा परेको छ ।

उक्त राज्यमा ३६ लाख ४७ हजारभन्दा बढी व्यक्ति यो महामारीबाट संक्रमित भएका बताइएको छ । त्यसपछि टेक्सासमा २७ लाख र फ्लोरिडामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

त्यसैगरी न्युयोर्कमा भने १८ लाखभन्दा बढी मानिस संक्रमणको चपेटामा परेका छन् । यसरी संयुक्त राज्य अमेरिका विश्वकै सबैभन्दा बढी संक्रमित र मृत्यु भएको सबैभन्दा बढी प्रभावित देशको सूचीमा परेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय