आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालमा कोरोना संक्रमण भयावह हुन नदिने : प्रधानमन्त्री ओली
भर्खरै

नेपालमा कोरोना संक्रमण भयावह हुन नदिने : प्रधानमन्त्री ओली

  • सिधा दृष्टी बुधबार, चैत्र ११, २०७७ | March 24, 2021

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस संक्रमण भयावह हुन नदिन ध्यान दिने बताउनुभएको छ ।
बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीबाट प्रकाशित प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिति भयावह हुन नदिन सरकारले काम गरिरहेको बताउनुभएको हो । उहाँले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मूल पार्न सजिलो नभएको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोभिड–१९ संक्रमणको असर कम परेको दाबी गर्नुभयो । उहाँले संक्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन मान्न आग्रह गर्नुभयो ।।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय