शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नारायणगढ मुग्लिन सडक खण्डको दासढुङ्गामा ट्रक र कार ठोक्किदा दुईको मृत्यु
भर्खरै

नारायणगढ मुग्लिन सडक खण्डको दासढुङ्गामा ट्रक र कार ठोक्किदा दुईको मृत्यु

  • सिधा दृष्टी बुधबार, चैत्र ११, २०७७ | March 24, 2021

नारायणगढ मुग्लिन सडक खण्डको दासढुङ्गामा ट्रक र कार ठोक्किदा दुईको मृत्यु भएको छ । त्यस्तै, सोही दुर्घटनामा परी थप तीन जना घाइते भएका छन् ।

आज (बुधवार) ४ः२५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ मुग्लिन नारायणगढ सडक खण्डको दासढुङगामा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिसाबाट आइरहेको बा२१च ६८५९ नम्बरको कार एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

 

उक्त दुर्घटनामा परी घाइते भएकाहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तनँहु

जिल्ला स्याम्घा नगरपालिका–४ बस्ने २८ वर्षीय धर्मराज गौली र कास्की जिल्ला लेखनाथ नगरपालिका बस्ने ३१ वर्षीय रामकृष्ण भुजेल रहेका प्रहरीले जनाएको छ ।

त्यस्तै गम्भीर घाइतेहरुमा कार चालक लम्जुङ जिल्ला मध्य नेपाल नगरपालिका–७ बस्ने ४२ वर्षीय पदम सापकोटा र स्याङजा जिल्ला बिरुवा गाउँपालिका–३ का ४२ वर्षीय प्रसाद थापा रहेको प्रहरीले जनाएको छ ।

 

त्यस्तै, सामान्य घाइते भएका तनहुं जिल्ला ब्यास नगरपालिका–६ का ४० वर्षीय जसमा परियारको पनि पुरानो मेडिकलमै उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय