बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सार्वजनिक स्थलमा होली खेल्न नपाइने, मास्क प्रयोग नगर्नेलाई कारवाही गरिने
भर्खरै

सार्वजनिक स्थलमा होली खेल्न नपाइने, मास्क प्रयोग नगर्नेलाई कारवाही गरिने

  • सिधा दृष्टी बुधबार, चैत्र ११, २०७७ | March 24, 2021

काठमाडौं । उपत्यकाका तीन जिल्लाले कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय गरेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ती जारी गर्दै सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कार्वाही गर्ने बताएका छन् ।

चैत १५ र १६ गते होली पर्वलाई घरमै मनाउन समेत जिल्ला प्रशासनहरुले आग्रह गरेका छन् । काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।

aligncenter" aria-describedby="caption-attachment-36689">

ललितपुर जिल्ला प्रशासनको विज्ञप्ती

भक्तपुरले अर्को सूचना जारी नभएसम्म मेला, जात्रा, सांस्कृतिक कार्यक्रमहरु नगर्न पनि निर्देशन दिएको छ । ललितपुर जिल्ला प्रशासनले चाहिँ राती ११ बजेदेखि रात्रिकालिन व्यवसाय संचालनमा रोक लगाउने निर्णय गरेको छ ।

भक्तपुर जिल्ला प्रशासनको विज्ञप्ती

संक्रमणलाई मध्यनजर गरी पहिले संचालनमा आएका क्वारेन्टिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने निर्णय पनि उनीहरुले गरेका छन् । सेनिटाइजर, मास्क र सामाजिक दूरीलाई कडाइका साथ पालना गर्ने निर्णय पनि प्रशासनले निर्णय गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय