सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना संक्रमण बढे फेरि लकडाउन : स्वास्थ्य मन्त्रालय
भर्खरै

कोरोना संक्रमण बढे फेरि लकडाउन : स्वास्थ्य मन्त्रालय

  • सिधा दृष्टी बुधबार, चैत्र ११, २०७७ | March 24, 2021

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढे पुन लकडाउन हुने जनाएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफ्रङका क्रममा लकडाउन गर्नु सरकारको उदेश्य नभएकाे बतउदै  परिस्थितिले त्याहाँ पुर्याउन सक्ने बताइएकाे हाे ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो,  ‘सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गर्नुपर्छ । संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ । र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ । त्यसका लागि लकडाउन हुनसक्छ । त्यो सरकारको उदेश्य भने होइन।’

उहाँले मानिसहरुले कोराना भाइरसबाट सजग नभएका कारणले कोरोना

भाइरसको संक्रमण बढेको बताउनु भयो । ‘अनावश्यक भिडभाड, मास्को उचित प्रयोग नगर्नु, भेटघाट तथा गोष्ठीको आयोजना गर्नु, कोरोना महामारी बृद्धि हुनुको मुख्य कारण हाे।’ उहाँले भन्नुभयाे ।

भारतमा कोरोना भाइरस तीव्र रुपमा बृद्धि भएका कारण नेपालमा पनि सजग बन्नु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतबाट नेपाल पर्किनेको संख्या पनि उच्च रहेका कारण स्वास्थ्य मन्त्रालयले आवाश्यक सतर्कता अपनाउने पनि जनाएको छ ।

सीमा नाकामा हेल्थ डेस्कमा सक्रिया बनाई मास्क बितरण तथा आवश्यक स्वास्थ्य सामग्री उपलब्धता गराउने व्यवस्था मिलाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ ।

मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय