शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ७७ वटै जिल्लालाई क्‍वारेन्टाइन र आइसोलेसनहरु तयारी अवस्थामा राख्‍न गृहको निर्देशन
भर्खरै

७७ वटै जिल्लालाई क्‍वारेन्टाइन र आइसोलेसनहरु तयारी अवस्थामा राख्‍न गृहको निर्देशन

  • सिधा दृष्टी बुधबार, चैत्र ११, २०७७ | March 24, 2021

काठमाडौं । छिमेकी भारतलगायतका मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै नेपालमा संक्रमण नियन्त्रणको तयारी सुरु गरिएको छ । यसअघि सभा, सम्मेलन, भेला लगायतका गतिविधि नगर्न सुझाएको सरकारले भारतबाट आउने नेपालीहरुको संख्या बढ्न थालेसँगै क्‍वारेन्टाइन र आइसोलेसनहरु तयारी अवस्थामा राख्‍न निर्देशन दिइएको छ ।

कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्‍वारेन्टाइन र आइसोलेसनहरु तयारी अवस्थामा राख्‍न परिपत्र गरेको हो । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले सबै प्रशासन

कार्यालयमा पत्र पठाएको जानकारी दिएका छन् ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्‍ने सूचना जारी गरेसँगै गृहले सोमबार परिपत्र गरेको हो । उनले भने, “सिमानामा स्वास्थ्य चेकजाँच गर्न भनेका छौं । फेरी चाहिन सक्छ है भनेर क्वारेन्टाइन र आईसोलेसन अपडेट गर्न निर्देशन दिएका छौं ।”

एक वर्षअघि सरकारले शैक्षिक संस्था,सरकारी भवन र संघ–संस्थाको भवनमा क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाएको थियो । त्यतिबेलाका क्वारेन्टाइन र आइसोलेसनलाई गृह–मन्त्रालयले अपडेट गर्न ७७ जिल्लाका प्रजिअलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले परिपत्र गरेर मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ८ मा कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा,सम्मेलन गर्न रोक लगाउन भनेको थियो । स्वास्थ्य मन्त्रालयले खतरा औंल्याएपछि गृह मन्त्रालयले परिपत्र गर्दै सीमानाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्न भनेको छ ।

सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गर्न प्रजिअहरुलाई निर्देशन दिइएको हो । कोरोनाको खोप अनिवार्य गरेर रेकर्ड व्यवस्थित गर्न पनि प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय