मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
अटो

पुनः सञ्चालनमा आयो पठाओको सेवा

  • सिधा दृष्टी बुधबार, चैत्र ११, २०७७ | March 24, 2021

पठाओ र ट्याक्सी चालकबीचको विवादका कारण मङ्गलवार दिउँसोदेखि बन्द भएको पठाओको सेवा २४ घण्टापछि बुधवार दिउँसोदेखि सुरु भएको छ । मङ्गलवार पठाओ नेपाल प्रालीले प्राविधिक कारण सेवा बन्द भएको जानकारी गराएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार दिनभर अनलाइन पठाओ एप बन्द गर्ने तयारी गरेको थियो । तर, पठाओ राइडरहरुले सेवा बन्द भने गरेनन् ।

पठाओ कम्पनीकै सम्झौतामा महाशाखाले पठाओ प्रयोगकर्ता ठगिन र अफलाइन पठाओ हटाउन दिनभर दौडधुप गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सेवा फेरि सुरु

भएसँगै बाइक, ट्याक्सी र फुड डेलिभरी सेवा सञ्चालनमा आएको पठाओ नेपाल प्रालीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताउनुभयो ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड शेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय