शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अटो
  • प्राविधिक समस्या हो, छिट्टै सेवा सञ्चालन हुन्छ : पठाओ
अटो

प्राविधिक समस्या हो, छिट्टै सेवा सञ्चालन हुन्छ : पठाओ

  • सिधा दृष्टी बुधबार, चैत्र ११, २०७७ | March 24, 2021

काठमाडौं । पठाओ नेपालले प्राविधिक कारणले सेवा रोकिएको भन्दै छिट्टै सेवा सुचारु हुने दाबी गरेको छ । मोटरसाइकल राइडरहरु हिड्ने बाटो राउटिङमा समस्या भएकाले सेवा भएको र बुधबार दिउँसोसम्म सेवा सुचारु हुने पठाओ नेपालका संस्थापक आसिममान सिंह बस्न्यातले बताए ।

पठाओ फुड र पठाओ ट्याक्सी सुचारु भएको र मोटरसाइकल सेवामा देखिएको प्राविधिक समस्या पनि सुधारको चरणमा रहेको उनले दाबी गरे । ‘पठाओ फुड र ट्याक्सी सेवा सुरु भएको छ, मोटरसाइकल पनि बुधबार दिउँसोसम्म सेवामा आउने अपेक्षा छ,’ बस्न्यातले भने ।

मोटरसाइकल राइडर यात्रु बोकेर जाने र फर्कने बाटो देखाउने प्रणाली (राउटिङ) मा देखिएको समस्या अहिले अपडेट भइरहेको उनको भनाइ छ । अरु कुनै कारणबाट सेवा नरोकिएको भन्दै उनले ग्राहकमा पर्न गएको असुविधाप्रति पठोओ दुःखी रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय