सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • लकडाउनको एक वर्ष : कोरोना सङ्क्रमणको जोखिम फेरि पुरानै अवस्थामा
भर्खरै

लकडाउनको एक वर्ष : कोरोना सङ्क्रमणको जोखिम फेरि पुरानै अवस्थामा

  • सिधा दृष्टी बुधबार, चैत्र ११, २०७७ | March 24, 2021
Vehicle queue on police check point at Baneshwor Chwok on 34th day of nationwide lockdown due to the corona virus outbreak in Kathmandu on Monday, April 27, 2020. Photo: Dipesh Shrestha/Nagarik/Republica

कोरोना सङ्क्रमणका कारण नेपालले लकडाउन गरेको एक वर्ष पुगेको छ  ।

गएको वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनासम्म लकडाउन भयो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै गएको साउन ६ गतेदेखि एक सय २० दिन लामो लकडाउन भने अन्त्य भएको हो ।

लकडाउन हटेपछि बजार पसल खुले । ढिलो गरी भए पनि शैक्षिक संस्था खुले छन् । सबै क्षेत्रमा चहलपहल बढेको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणदर घट्दै पनि गएको छ

। तर, भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल फेरि एक वर्ष अगाडिकै अवस्थामा पुगेको छ ।

भारतसँगको खुला सिमानाकाका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम परेको विज्ञहरुको भनाई छ । भारतमा कार्यरत नेपाली घर फर्किने क्रम बढेको छ । फर्किनेहरुमा सङ्क्रमण भएको हुन सक्ने भएकाले जोखिम बढ्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

सरकारले भारतसँगका मुख्य १४ नाकामा निगरानीलाई कडा पारेको छ । भारतमा संक्रमण फैलिएपछि नेपालले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय