आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रधानमन्त्री मोदी २१ वर्षदेखि बिनाबिदा क्रियाशील !
भर्खरै

प्रधानमन्त्री मोदी २१ वर्षदेखि बिनाबिदा क्रियाशील !

  • सिधा दृष्टी मङ्लबार, चैत्र १०, २०७७ | March 23, 2021

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू २१ वर्षदेखि बिनाबिदा देश र जनताका लागि क्रियाशील भएको दाबी गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा) को मङ्गलबार बसेको बैठकमा बोल्ने क्रममा उनले आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिई काम गरिरहेको जानकारी दिएका हुन् ।

उनले आफूले झैँ बिनाबिदा जनताको सेवामा निरन्तर क्रियाशील हुन सांसदहरुलाई पनि निर्देशन दिएको केन्द्रीय मन्त्री अर्जुन राम मेघवाललाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री मोदीले भने, ‘मैले कोरोना भाइरसको महामारीका बेलामा पनि कुनै

कमी नगरी लगातार सेवामा लागि रहेँ, विश्व नै थिलोथिलो भइरहेका बेला पनि भारतले त्यो चुनौतीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सफल भयो ।’

उनले विश्वका ११० देशका नेताहरुले भारतमा कोरोना भाइरसको महामारीको व्यवस्थापन राम्रो भएको स्वीकार गरेको जानकारी पनि दिए । देशका करोडौँ जनताको जीवन जोगाउने कुरा सानोतिनो चुनौती नभएको उनले उल्लेख गरेको मन्त्री मेघवालको भनाइ छ ।

असाधारण चुनौतीलाई निरन्तरको क्रियाशीलता र सेवा भावनाले नै जित्न सकेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय