काठमाडौँ, १० चैत । राइड सेयरिङ प्लेटफर्म पठाओको सेवा अवरुद्ध भएको छ । पठाओले आफ्नो फेसबुक पेज मार्फत सेवा अवरुद्ध भएको जानकारी दिएको छ ।
प्राविधिक कारणले केही समयका लागि सेवा अवरुद्ध भएको पठाओले जनाएको छ ।
पठाओले मोटरसाइकल र ट्याक्सी सेवा दिँदै आएको छ । काठमाडौं उपत्यकामा पठाओका हजारौँ प्रयोगकर्ता र राइडर छन् ।