शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पछिल्लो २४ घन्टामा थप १८८ जनामा कोरोना भाइरस संक्रमण
भर्खरै

पछिल्लो २४ घन्टामा थप १८८ जनामा कोरोना भाइरस संक्रमण

  • सिधा दृष्टी मङ्लबार, चैत्र १०, २०७७ | March 23, 2021

काठमाडौं : पछिल्लो २४ घन्टामा थप १८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ४०३२ जनाको पीसीआर गर्दा १८८ जनामा कोरोना पुष्टि भएको हो। योसहित कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा ७७ जना डिस्चार्ज भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ९७ पुगेको छ। कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत हो।

मन्त्रालयका अनुसार हाल ४८ क्वारेन्टाइनमा र ११सय २८ जना आइसोलेसनमा छन्।

पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। सोमबार कोरोनाबाट ३ जनाको मृत्यु भएको थियो। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ।

पछिल्ला दिनमा छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढ्ने सम्भावना रहेको विज्ञहरुले औंल्याएका छन्। संक्रमणबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।  सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न मन्त्रालयले अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय